२५ आश्विन २०८१, शुक्रबार

एशियाली सेयर बजारले बढोत्तरीका साथ कारोबारको सुरुवात गरेका छन् ।

सेयर बजारको पुनरागमन

3

काठमाण्डौ ।आज जापानको सेयर बजार मापक इन्डेक्स निक्की२२५ इन्डेक्स २.७७ प्रतिशतले बढेको छ । यो वृद्धिसँगै निक्की ३६ हजार ६०५ विन्दुको उचाईमा पुगेको छ । जापानको अर्को सेयर बजार टोपिक्स पनि १.९१ प्रतिशतले बढेको छ ।

 दक्षिण कोरियाको सेयर बजार कोस्पी पनि १.४१ प्रतिशतले बढेको छ । सानो पूँजीकरण भएका कम्पनीहरु सूचीकृत कोस्डाकमा पनि २.५३ प्रतिशतको बढोत्तरी आएको छ । दक्षिण कोरियाली कम्पनी एसके हाईनिक्स र सामसुङ इलेक्ट्रिोनिक्सको मूल्य क्रमशः६ र १ प्रतिशतले बढेको छ ।

ताईवानको सेयर बजार पनि आज ३ प्रतिशतले उकालो लागेको छ । ताइवान सेमिकन्डक्टर कम्पनीको सेयरमूल्य ५.१३ प्रतिशतले बढेको छ ।

हङकङको हाङसेङ पनि इनडेक्स आज १.०२ प्रतिशतले बढेको छ ।

बुधबार अमेरिकी सेयर बजार एस एण्ड पी५०० इन्डेक्स १.०७ प्रतिशत, नास्डक २.१७ र डाउ जोन्स ०.३१ प्रतिशतले बढेका थिए ।

Leave A Reply

Your email address will not be published.