६३ अङ्कले बजार घट्दा १३ अर्बको कारोबार

काठमाडौँ । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च गिरावट आएको छ ।आइतबार बजार ६३.७३ अङ्कले घटेर २८५८.९० अङ्कमा झरेको हो । अघिल्लो दिन २९२२ अङ्कमा बन्द भएको बजारले २७८० देखि २९०० सम्मको सपोर्ट जोन कायम गरेको थियो । यसलाई तोड्दै बजार तल झरेको हो । बजारमा आज १३ अर्ब ७ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ। अघिल्लो दिन १५ अर्ब माथिको कारोबार भएको थियो । यसले नेप्सेसँगै कारोबार रकममा समेत गिरावट आएको देखिन्छ । आज कारोबारमा आएका कुल कम्पनीमध्ये जम्मा १६ वटा कम्पनीको मूल्य बढ्दा २३३ कम्पनीको मूल्यमा गिरावट आएको छ ।