३ बैशाख २०८३, बिहीबार

मंसिरमा विशेष महाधिवेशन गर्नेकुरा निर्विकल्प

15

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मंसिरमा विशेष महाधिवेशन गर्नेकुरा निर्विकल्प भएको बताएका छन् ।केन्द्रिय समितिको बैठकले निर्णय गर्न नसके पनि आवधिक अधिवेशन गर्ने समय नरहेकाले मंसिरमा विशेष अधिवेशन गर्नुपर्ने उनले बताए । उनकाअनुसार मंसिरको २७, २८ गतेतिर महाधिवेशन गर्नुपर्छ । निर्वाचनअघि अधिवेशन गर्नेकुरा अनिवार्य रहेको पनि उनले बताए । नेपाली कांग्रेस आगामी फागुन २१ गतेको निर्वाचनमा सहभागी हुने पनि थापाले शनिबार राजधानीमा बताए ।

महामन्त्री थापाले नेपाली काँग्रेसले शान्तिको राजनीतिको नेतृत्व गर्नुपर्ने बताए ।

Leave A Reply

Your email address will not be published.