२५ आश्विन २०८१, शुक्रबार

नेप्से परिसूचक ४४.४५ अंक बढेसँगै २५०८ मा कायम

1

सोमबार सेयर बजारले २५०० अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४४.४५ अंक बढेसँगै २५०८ मा कायम भएको हो । परिसूचक बढ्दा करोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७१ करोडको भयो ।

स दिन मूल्य धेरै बढेका १० कम्पनीमा ४ वटा सिमेन्ट कम्पनी रहे । अर्थात् सूचीकृत चार वटै सिमेन्ट कम्पनी मूल्य उच्च दरमा बढेका टप १० कम्पनीमा परे । सीईडीबी हाइड्रोपावरको १०, युनाइटेड मोदी हाइड्रोको ९.५, सर्वोत्तम सिमेन्टको ९.४, सोनापुर सिमेन्टको ९.१, शिवम् सिमेन्टको ७.९, माहुली लघुवित्तको ७.३, हाथवे इन्भेस्टमेन्टको ७.१, घोराही सिमेन्टको ६.८ प्रतिशत मूल्य बढ्यो ।

Leave A Reply

Your email address will not be published.