११ माघ २०८१, शुक्रबार

नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ l

1

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.३० प्रतिशत अर्थात ३२.८१ अंकले घटेर २ हजार ४८६.७६ विन्दुमा सीमित बनेको छ ।

अधिकांश क्षेत्रका सूचक घटेका छन् । बैंकिङ १.१५, विकास बैंक १.१७, फाइनान्स २.०७, होटल तथा पर्यटन २.३४, हाइड्रोपावर २.३०, लगानी १.७०, जीवन बीमा ०.९३, माइक्रोफाइनान्स १.३१, निर्जीवन बीमा ०.७९, अन्य ०.९७ प्रतिशत घटे । व्यापार समूह १ प्रतिशत बढ्यो भने उत्पादन समूह स्थिर रह्यो ।

विन नेपाल लघुवित्तको ९.८, बोटलर्स नेपाल बालाजुको ५.०६ प्रतिशत मूल्य बढ्यो । ग्रीन भेन्चरको मूल्य १० प्रतिशत घट्यो । दोर्दी हाइड्रोपावरको ७.६, अपी पावरको ७.४, थ्रीस्टार हाइड्रोपावरको ५.७, इङ्वा हाइड्रोपावरको ६.६ प्रतिशत मूल्य घट्यो ।

 

Leave A Reply

Your email address will not be published.