विराटनगरको जेनजी निष्पक्ष वार्ता आवश्यक र त्यसका लागि प्रतिनिधि छनोटमा पारदर्शिता कायम गर्नुपर्ने जोड दिएको छ ।
विराटनगरको जेनजी समूहले युवाहरूको आन्दोलनपश्चात् नेपाललाई निष्पक्ष र अनुभवी प्रतिनिधिसहित वार्ताटोली गठन गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको हो।
समूहले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानसेनापति नेतृत्वमा आह्वान गरिएको वार्तामा विभिन्न दलका कार्यकर्ता, सामाजिक अभियन्ता तथा कानुनले बन्देज गरेका वा जेलबाट फरार व्यक्तिहरु जेनजीको अनुमतिबिना संलग्न भए आन्दोलनलाई अझ सशक्त रूपमा अघाडि बढाउने चेतावनी दिएको छ ।
विज्ञप्तिमा जेनजी समूहले युवाहरूको आन्दोलन सफल भएपछि देशलाई सही दिशामा लैजान निष्पक्ष वार्ता आवश्यक रहेको र त्यसका लागि प्रतिनिधि छनोटमा पारदर्शिता कायम गर्नुपर्ने जोड दिएको छ ।
