३ बैशाख २०८३, बिहीबार

एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गर्ने कार्यक्रम रहेको छ। पार्टीको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले फोर्स गठनका लागि १५ दिनअघि कार्यदल बनाएका थिए। कार्यदलको संयोजक पोलिटब्यूरो सदस्य महेश बस्नेत थिए। उक्त कार्यदलले विधान, लोगो, झण्डा, कार्यसमिति, उद्देश्य र भावी कार्यक्रमसहित फोर्स निर्माण गरेको हो।

15

मार्च पासमा एमाले नेता महेश बस्नेत, रामकुमारी झाँक्री, राजीव पहरी, युवा संघका अध्यक्ष क्षितिज थेबेलगायतले नेतृत्व गरेका छन् ।  एमाले नेता बस्नेतले जेनजीसँगका मागमा आफ्ना असहमति नरहेको बताए। ‘जेनजीसँगका मागमा असहमति छैन। जेनजीहरूसँग हामी सम्पर्कमै छौं । तर उनीहरूका नाम र ब्यानर भजाएर अरु खालका तत्वहरू सक्रिय रहेको छन्।’बस्नेतले संसद पुन:र्स्थापना भएर नयाँ सर्वदलीय सरकार आएपछि जेनजीको माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। नेकपा एमालेले आज पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि ‘नेसनल भोलेन्टियर फोर्स (एनभिएफ)’को घोषणा गर्न लागेको छ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गर्ने कार्यक्रम रहेको छ। पार्टीको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले फोर्स गठनका लागि १५ दिनअघि कार्यदल बनाएका थिए। कार्यदलको संयोजक पोलिटब्यूरो सदस्य महेश बस्नेत थिए। उक्त कार्यदलले विधान, लोगो, झण्डा, कार्यसमिति, उद्देश्य र भावी कार्यक्रमसहित फोर्स निर्माण गरेको हो।

Leave A Reply

Your email address will not be published.