३ बैशाख २०८३, बिहीबार

प्रधानमन्त्री मातहत लगेका तीन विभाग मन्त्रालयमै फर्काइँदै

12

५ असोज, काठमाडौं । सरकारले प्रधानमन्त्री कार्यालय मातहत रहेका राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग तथा राजस्व अनुसन्धान विभागलाई विगतमा जस्तै सम्बन्धित मन्त्रालयमातहत नै ल्याउने भएको छ ।

आइतवार बस्ने मन्त्री परिषद्को बैठकले एउटा प्रमुख सुरक्षा अंगका रुपमा रहेको राष्ट्रिय अनुसन्धान विभागलाई पुन: गृह मन्त्रालयमातहत नै ल्याउने निर्णय गर्ने तयारी रहेको अर्थ मन्त्रालयको स्रोतले बतायो ।

त्यस्तै, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभागलाई पुन: अर्थ मन्त्रालय मातहत नै ल्याउने गरी मन्त्रिपरिषद्‍मा प्रस्ताव गएको मन्त्रालय स्रोतले जानकारी दियो ।

Leave A Reply

Your email address will not be published.