३ बैशाख २०८३, बिहीबार

जुटे जेनजी, अव्यवस्थाविरुद्ध प्रदर्शन

16

२३ भदौ, काठमाडौं । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेन जी)हरुले प्रदर्शन सुरु गरेका छन् ।उनीहरु स्वत:स्फूर्त रुपमा काठमाडौंको माइतीघर मण्डलामा भेला भएर प्रदर्शनमा उत्रिएका हुन् ।उनीहरुले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् । कतिपय युवाहरु कलेज र स्कुल पोशाकमा समेत देखिन्छन् ।

पहिले सामाजिक सञ्जालका पोष्टमा मात्र सीमित सरकार र राजनीतिक दलका नेताविरुद्धको आक्रोशलाई जेनजी पुस्ताले सडकमा उतारेका हुन् ।जेनजी पुस्तालाई विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, कलाकार, विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्ति र स्वतन्त्र युवाहरुले समर्थन गरेका छन् ।

Leave A Reply

Your email address will not be published.