१२ जेष्ठ २०८३, मंगलवार

‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिमका एक सहयोगी नेपालमा पक्राउ

17

काठमाडौँ । भारतमा ‘मोस्ट वान्टेड’ रहेका शेख सलीम उर्फ सलीम पिस्टललाई पक्राउ गरिएको स्रोतले जनाएको छ । उनले भारतमा आपराधिक गतिविधिमा संलग्न विभिन्न समूहलाई हतियार आपूर्ति गर्दै आएको बताइन्छ । ‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिमका एक सहयोगी नेपालमा  पाँच दिन अघि काठमाडौँबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।पहिचान लुकाएर काठमाडौँमा बस्दै आएका उनको बारेमा भारतीय प्रहरीले दिएको सूचनाका आधारमा नेपाल प्रहरीले कारबाही अघि बढाएको स्रोतको भनाइ छ । सलीमलाई नियन्त्रणमा लिएपछि नेपाल प्रहरीले नै भारतीय प्रहरीसमक्ष बुझाएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.