३१ औँ आदिवासी दिवस

काठमाडौँ । काठमाडौँमा शुक्रबार विश्व आदिवासी दिवस मनाइएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ केन्द्रीय कार्यसमितिले ३१ औँ आदिवासी दिवस मनाएको हो ।सो अवसरमा विभिन्न जातजातिको पोसाक तथा झाँकीसहितको र्याली शान्तिबाटिकाबाट सुरु भई राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।विश्व आदिवासी दिवस प्रत्येक वर्ष अगस्त महिनाको ९ तारिखमा मनाइन्छ । संयुक्त राष्ट्र सङ्घले सन् १९९३लाई विश्व आदिवासी वर्षका रूपमा घोषित गरेपछि सोही वर्षदेखि प्रत्येक वर्ष यो दिवस मनाउन थालिएको हो ।