१८ बैशाख २०८३, शुक्रबार

कांग्रेस बागमती संसदीय दल नेताको छिनोफानो आज

17

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता बहादुर सिंह लामाविरुद्धको अविश्वास प्रस्तावको आज टुंगो लाग्दै छ ।लामाले राजीनामा नदिए मतविभाजन हुने भएको हो ।  ‘सोमबार दिनभर औपचारिक र अनौपचारिक छलफल भयो । मोटामोटी सहमतिमा पुगेका छौँ,’ केसीले भने, ‘वर्तमान संसदीय दलको नेताले मार्ग प्रशस्त गर्ने भन्ने छ । खालि यसको मोडालिटी कस्तो हुने भन्ने मात्रै कुरा हो । मंगलबार १० बजेपछि टुंगिन्छ ।’ दुवै पक्षबिच सहमति भएमा मत विभाजन प्रक्रिया अगाडि नबढ्ने उनले बताए ।

कांग्रेस प्रदेश सभापतिसमेत रहेका सांसद इन्द्रबहादुर बानियाँको अगुवाइमा संसदीय दलका नेता तामाङविरुद्ध गत शुक्रबार २१ जनाले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । बागमतीमा कांग्रेसका ३७ सांसद छन् । संसदीय दलको नेता परिवर्तनका लागि १९ जनाको मत आवश्यक पर्छ । संसदीय दलको नेताको टुंगो लागे बागमतीमा मुख्यमन्त्रीको विषयले प्रवेश पाउनेछ । कांग्रेसको विधानअनुसार र गठबन्धन दलसँगको सहमतिअनुसार कांग्रेसको संसदीय दलको नेता नै मुख्यमन्त्री हुने केसीले बताए ।

Leave A Reply

Your email address will not be published.