३ बैशाख २०८३, बिहीबार

देउवा निवास वुढानिलकण्ठमा “विधार्थी आन्दोलन र ने.वि.संघ” नामक पुस्तक विमोचन

17
नेपाल विधार्थी संघ केन्द्रीय सदस्य आकाश प्रसाद उप्रेती द्वारा लेखन तथा संकलन गरेको “विधार्थी आन्दोलन र ने.वि.संघ” नामक पुस्तक नेपाली कांग्रेसका सभापती तथा पूर्व प्रधानमन्त्री आदरणीय शेरबहादुर देउवा ज्यूबाट आज विमोचन भएको छ…। आज विमोचन भएको “विधार्थी आन्दोलन र ने.वि. संघ” नामक पुस्तक बाट नेपाली राजनीतिक परिवर्तनमा बिधार्थी आन्दोलन ले खेलेको भुमिका संग सगै संसारका हरेक देशहरुमा बिधार्थी आन्दोलन के कस्तो भुमिका खेलेको रहेछन भन्ने कुरालाई राम्रो उजागर गर्नु भएको छ ।
यो पुस्तक प्रकाशनले नेविसंघमा एक सृजनात्मक कार्य भएको छ । कार्यक्रम देउवा निवास वुढानिलकण्ठमा भएको थियो ।उक्त कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् विद्यार्थी
विभाग प्रमुख राजिव ढुङ्गना, नेपाली कांग्रेस केन्द्रीय सदस्यहरू सीता गुरूङ ,प्रतिमा गौतम , प्रदिप सुनुवार, चितवन पाटी सभापति राजेश्वर खनाल ,नेविसंघ अध्यक्ष दुजाङ शेर्पा ,नेपाल तरूण दल तथा नेविसंघका केन्द्रीय नेताहरूको उपस्थितिमा सम्पन्न भयो । उक्त विमोचन कार्यक्रममा नेविसंघ सम्वन्धी पुस्तक प्रकाशन गरेकोमा देउवा द्वारा लेखक आकाश उप्रेतीलाई धन्यवाद व्यक्त गर्नु भयो ।
Leave A Reply

Your email address will not be published.