कोटेश्वर स्थित पाल्पाकोट चोकबाट ४० किलो गाँजा

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर स्थित पाल्पाकोट चोकबाट ४० किलो गाँजा (पेलेन) र १ लाख २५ हजार नगद बरामद गरेको छ ।क्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–४ घर भएका १९ वर्षीय निराजन चेपाङ, १९ वर्षीय प्रकाश चेपाङ, २० वर्षीय शंकर चेपाङ, सोही ठाउँ घर भएर महाराजगञ्ज बस्ने ३६ वर्षीय जीवन प्रजा र कोटेश्वर बस्ने सुमन चेपाङ छन् ।
आरोपीहरूलाई बुधवार जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयका संयुक्त टोलीले पक्राउ गरेको परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।