३ बैशाख २०८३, बिहीबार

पाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय विस्तार

17

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय विस्तारका लागि सानेपामा रहेको १३ करोड मूल्यको जग्गा खरिद गर्ने सम्झौता गरेको छ।शुक्रबार पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा ललितपुरको सानेपास्थित कार्यालय परिसर अगाडि रहेको १९ आना (१ रोपनी ३ आना ३ पैसा) जग्गा र सोही स्थानमा रहेको तीनतले घर पार्टीले खरिद गर्ने निर्णय भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस, केन्द्रीय कार्यालय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने उद्देश्यले कार्यालय अगाडिपट्टि रहेको १९ आना जग्गा र तीन तले घर खरिद गर्ने निर्णय गरिएको हो।

पार्टीका अनुसार उक्त सम्पत्ति खरिदमा अनुमानित लागत झण्डै १३ करोड रुपैयाँ पर्नेछ। पार्टीले अहिलेको कार्यक्षमता विस्तार गर्दै भविष्यका गतिविधिहरू सहज बनाउन उक्त कदम चालेको जनाएको छ।यसअघि पनि सानेपास्थित पार्टी कार्यालयलाई व्यवस्थित बनाउने प्रयासस्वरूप कांग्रेसले विभिन्न संरचनात्मक कामहरू अघि बढाएको थियो।

Leave A Reply

Your email address will not be published.