१७ जेष्ठ २०८३, आईतवार

अमेरिका जान चाहने सबैको सामाजिक सञ्जाल निगरानी र जाँच गरिने

14


अमेरिकी विदेश मन्त्रालयले अमेरिकामा अध्ययन गर्न चाहने विदेशी विद्यार्थीहरूका लागि नयाँ भिसा अन्तर्वार्ताको तालिका हाललाई रोकेको छ।

साथै अमेरिकी सरकारले अबदेखि त्यहाँ पढ्न जान चाहाने विद्यार्थीहरूको सामाजिक सञ्जाल गतिविधिहरूको निगरानी र जाँच गर्ने पनि जनाएको छ।

विद्यार्थी मात्र होइन, अमेरिका जान चाहने जो कोहीको सामाजिक सञ्जाल गतिविधी निगरानी र जाँच गरिने विदेश विभागका प्रवक्ताले टेम्मी ब्रुसले जनाएकी छन्।

यही छानबिन गर्न समय र जनशक्ति चाहिने हुनाले अहिलेलाई नयाँ भिसा प्रक्रिया रोकिएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ।

तर पहिले नै भिसाका लागि अन्तर्वार्ता लिइसकेका व्यक्तिहरूलाई यसले असर गर्ने छैन।

एसोसिएटेड प्रेसका अनुसार, अमेरिकी विदेश मन्त्री मार्को रुबियोले एउटा सर्कुलरमार्फत् अमेरिका आउन चाहाने विद्यार्थीले सामाजिक सञ्जालमा के कस्ता कुरा लेखेका छन् वा उनीहरू कस्ता गतिविधिमा संलग्न छन्, त्यसको जाँचबुझसम्बन्धी मार्गदर्शन जारी गर्ने बताएका छन्।

Leave A Reply

Your email address will not be published.