३ बैशाख २०८३, बिहीबार

जिम माेरिसनको मूर्ति ३७ वर्षपछि भेटियो

17


वासिङ्टन डीसी । चर्चित दिवङ्गत गायक जिम मोरिसनका मृत्यु सन् १९७१ मा भएको थियो । २७ वर्षको उमेरमा गायक बाथटबमा मृत फेला परेका थिए । उनको मृत्युको कारण हृदयघात भएको भनिएको थियो ।  मृत्यु पछि गायकलाई पेरिसको चिहानमा गाडियो । ३०० पाउन्डमा उनको मूर्ति बनाएर उनको १० औँ पुण्यतिथिमा १९८१ मा उनको चिहानमा यसलाई राखिएको थियो ।

चर्चित दिवङ्गत गायक जिम मोरिसनका प्रशंसक र प्रशंसकहरूका लागि खुसीको खबर छ । प्रहरीले अन्ततः जिम मोरिसनको मूर्ति फेला पारेका छन् । मोरिसनको चिहानमा राखिएको उनको ढुङ्गाको मूर्ति चोरी भएको थियो ।

प्रहरीले अन्ततः यो मूर्ति हात पारेको छ । अमेरिकी गायक तथा कवि जिम मोरिसनको यो मूर्ति सन् १९८८ मा गायब भएको थियो । ३७ वर्षपछि प्रहरीले यो मूर्ति बरामद गरेको छ ।

पेरिस प्रहरीले मूर्ति फेला पारेको हो । १९८८ मा पेरे–लाचैस चिहानबाट हराएको मूर्ति पेरिसका सरकारी वकिलले ठगी मुद्दासँग सम्बन्धित खोजीको क्रममा फेला पारेको प्रहरीले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । वित्तीय भ्रष्टाचार विरोधी एकाइले गरेको अनुसन्धानको क्रममा यो मूर्ति फेला परेको थियो । मोरिसनको यो मूर्ति चिहानमा राखिनेछ कि छैन भन्ने निर्णय भएको छैन ।

Leave A Reply

Your email address will not be published.