२९ बैशाख २०८३, मंगलवार

प्रारम्भिक कक्षा दुई वर्षको मात्र

17

प्रारम्भिक बाल विकास कक्षा अब दुई वर्षको हुने समझदारीमा छ। निजी विद्यालयहरूले पनि दुई वर्षकै प्रारम्भिक बाल विकास कक्षा सञ्चालन गर्नुपर्ने छ। तिनले अहिलेजस्तो नर्सरी, केजी, एलकेजी जस्ता बहुवर्षीय कक्षा सञ्चालन गर्न पाउने छैनन्।

‘बालबालिकालाई धेरै कक्षाको भार भयो। मानिसकतामा असर पर्‍यो,’शिक्षण सिकाइमा उत्सुकता जगाउनुपर्नेमा जबर्जस्ती शिक्षाको भार बोकाइयो। त्यसैले निजी वा सार्वजनिक सबैमा दुई वर्षको हुनुपर्नेछ। कुनै निजी विद्यालयमा एक वर्षको भए दुई वर्षको बनाउनुपर्ने र तीन वर्षको भए दुई वर्षमा झार्नुपर्नेछ।’

सार्वजनिक विद्यालयका हकमा सरकारले तोकेको मितिदेखि प्रारम्भिक बाल विकास कक्षा दुई वर्षको हुनेछ।

Leave A Reply

Your email address will not be published.