१५ बैशाख २०८३, मंगलवार

प्रदीप नेपालको पशुपति आर्यघाटमा अन्त्येष्टि

28


काठमाडौं :
नेकपा एमालेका नेता प्रदीप नेपालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। पशुपतिस्थित विद्युतीय शवदाहगृहमा उनको पार्थिव शरीरलाई आज साँझ अन्त्येष्टि गरिएको हो। नर्भिक अस्पतालमा उपचारका क्रममा उनको मंगलबार दिउँसो निधन भएको हो। उनी लामो समयदेखि पार्किन्सन रोगबाट ग्रसित थिए।

अन्त्येष्टिअघि उनीप्रति नेकपा (एमाले)का उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णु पौडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुरेन्द्रप्रसाद पाण्डे, महासचिव शङ्कर पोखरेल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माले)का महासचिव सिपी मैनाली, पूर्वउपप्रधानमन्त्री वामदेव गौतम लगायतका नेता पशुपति पुगेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरे।एमाले पूर्वस्थायी समिति सदस्यसमेत रहेका नेपालप्रति श्रद्धाञ्जली अर्पण गर्न एमाले र एकीकृत समाजवादीका पदाधिकारी, सांसद, पूर्वमन्त्री, नेता तथा कार्यकर्ता, शुभेच्छु र आफन्तजन ठूलो सङ्ख्यामा पशुपति पुगेका थिए।

लेखक तथा साहित्यकारसमेत रहेका नेपाल सञ्जय थापाको नामबाट प्रगतिशील साहित्य क्षेत्रमा चिनिएका थिए। नेपाल एमालेको ९ महिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री समेत बनेका थिए। नेपाल शिक्षामन्त्रीसमेत बनेका थिए।

स्वास्थ्यमा समस्या आएपछि पछिल्लो समय उनी राजनीतिमा निष्क्रिय थिए। नेपालको जन्म २०१० पुस २८ गते भोजपुरको गोगनेमा भएको थियो।

Leave A Reply

Your email address will not be published.