३ बैशाख २०८३, बिहीबार

दलका प्रमुख सचेतकले विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाउने

24


१७ वैशाख, काठमाडौं । शिक्षक महासंघसँग सत्तारुढ दल कांग्रेस र एमालेका प्रमुख सचेतकले ऐन जारी गर्ने प्रतिबद्धता जनाउने भएका छन् ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा चलिरहेको वार्तामा एमाले मुख्य सचेतक महेश बर्तौला, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले प्रतिबद्धता जनाउने भएका छन् ।‘महासंघसँग ऐन जारी गर्ने प्रतिबद्धता गछौं,’ मुख्य सचेतक बर्तौलाले भने । वार्तामा शिक्षा समिति सभापति अम्मर बहादुर थापा पनि सहभागी थिए ।

शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघले २० चैतदेखि काठमडौंमा आन्दोलन गरिरहेका छन् ।मन्त्रिपरिषद्‌बाट हुने निर्णय पनि आजै हुने छ । त्यसपछि सहमतिमा हस्ताक्षर गर्ने तयारी छ ।

Leave A Reply

Your email address will not be published.