१६ चरमपन्थी मारिएको र १०४ जना यात्रीहरुलाई उद्धार गरिएको

२८ फागुन, काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तबाट अपहरणमा परेका रेलका एक सय बढी यात्रुहरुको उद्धार गरिएको छ ।
मंगलबार हतियारधारी समूहले आक्रमण गरी रेलका यात्रुहरुलाई अपहरण गरी बन्धक बनाएका थिए ।यसको जिम्मेवारी अलगाववादी समूह बलुच लिबरेसन आर्मी (बीएलए)ले लिएको छ ।