७ जेष्ठ २०८२, मंगलवार

जडिबुटी,घरेलु मदिरा,नोटबन्दी र गाजा सम्बन्धि कानुन आवश्यक

7

स्याङ्जा ।नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले २०८४ साल भित्रै संविधान संशोधन हुने बताएका छन् ।

नेपाली काङ्ग्रेसको सय दिने बिशेष अभियानको वालिङमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका सांसद गुरुङले नेपाली काङ्ग्रेस र एमाले बीच भएको सातबुदे सहमति तलमाथि नहुने भन्दै सबैको सहमतिमा २०८४ साल भित्र संविधान संशोधन हुने बताएका हुन् । उनले भने,‘संविधान संशोधन काङ्ग्रेस र एमालेको लागि मात्रै चाहिएको होइन सबैलाई चाहिएको छ । त्यसैले संविधान संशोधनमा सबैलाई समेटिन्छ ।’

कानुनको अभावमा देशको अर्थतन्त्र धराशायी बनेको भन्दै देशको अर्थतन्त्र सुदृढ गर्न पनि अहिलेको सरकारले निरन्तरता पाउने बताए ।

काङ्ग्रेस र एमालेलेको यो जिम्मेवारी अरुले लिन नसक्ने भन्दै काङ्ग्रेस र एमालेबाट जिम्मेवारी गयो भने देश दुर्घटनामा फस्नेतर्फ संकेत गर्दै गुरुङले कुनैपनी हालतमा सरकार नढल्ने बताए । उनले दिनहुँ मिडियाले सरकार ढल्नै लाग्यो भन्ने जस्ता समाचार सम्प्रेषण गरेपछि प्रधानमन्त्रीले त्यसको जवाफ मात्रै दिएको भन्दै सरकार ढल्ने जस्ता समाचारमा केन्द्रित नहुन आम नागरिकलाई आग्रह समेत गरे ।

कानुन अभावमा देशमा गाजाखेती,घरेलु मदिरा ब्राह्मणिङदेखि नेपालको जडिबुटी उपयोगिता समेत बाधा पर्दा देशको अर्थतन्त्र खस्कदै गएकोतर्फ केन्द्रित गर्दै उनले यी लक्षित कानुन बनाउन सके बिदेश जाने युवा रोकिने मात्रै नभएर बिदेश गएका युवा समेत फर्किने उनको भनाइ छ ।

गुरुङले नेपालीको भाग्य कानुनले खोसेको दाबी समेत गरे । जडिबुटी,घरेलु मदिरा,नोट बन्दी र गाजा सम्बन्धि कानुन बनाउन सके नेपाल र नेपालीको आर्थिक समृद्धिको यात्रा पुरा हुनेमा उनको जोड थियो ।

Leave A Reply

Your email address will not be published.