चिनियाँ नागरिक अपहरण, ४ भारतीय पक्राउ

काठमाडौं : काठमाडौंबाट चिनियाँ नागरिक अपहरण गर्ने ४ जना भारतीय पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चिनियाँ नागरिलाई MH16DG 4904 नम्बरको भारतीय गाडीमा हालेर लैजाने चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए
उनका अनुसार भारतको महाराष्ट्र राज्य सतरा जिल्लाका ३२ वर्षीय आशुतोष दत्तात्रेय, सतरा जिल्ला अहमदनगरका ३० वर्षीय अमोल करमाटे भिमफेदीबाट पक्राउ परेका हुन्। यसैगरी ४० वर्षीय अफसर सेख र ३३ वर्षीय अमोल श्रीसतलाई फर्पिङबाट पक्राउ गरिएको छ।
मंगलबार ठमेलबाट चिनियाँ नागरिकलाई ३:३० अपहरण गरिएको भन्दै खबर आएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थालेको थियो।३५ जनाको टोलीले हेटौंडा भिमफेदी कुलेखानी काठमाडौं सडक खण्डमा चेकजाँच तथा खोजतलास गर्दै जाने क्रममा मकवानपुर भिमफेदी गाउँपालिका-६ जुरीखेतमा गाडी प्रहरी टोलीलाई देखेपछि उनीहरुले मेन बाटोबाट भित्रि बाटोतर्फ भाग्ने क्रममा केही टाढा गाडी रोकेका थिए। गाडीबाट झरेर उनीहरुले चाईनिज नागरिकलाई जबरजस्ती निकालेर चिनियाँ नागरिकसमेतलाई लिएर उनीहरु जंगलतर्फ भागेपछि पक्राउ गरी इ.प्र.का. भिमफेदीमा ल्याइएको र थप अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयलाई जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक अर्याल जानकारी दिए।