११ माघ २०८१, शुक्रबार

बिहानको कफी उत्तम

2


काठमाडौं । बिहानको तातो पेय अहिले  जाडो होस् या गर्मी, गाउँ होस् या सहर जुनसुकै याम र स्थानका मानिस आफ्नो दैनिकी चिया/कफीबाटै सुरु गर्छन् ।

झन् जाडो महिनामा त मानिसहरुको पहिलो रोजाइमा कफी नै पर्ने गरेको छ। जानेर वा नजानेर कफी पिउँदै आउनुभएको छ भने तपाईंले आफ्नो आयु लम्ब्याइरहनुभएको छ । एक अध्ययनअनुसार कफी पिउने व्यक्तिहरुमा हृदयरोग र सामान्य मृत्युदर कम हुने देखिएको छ।

कसैलाई त बिहान मात्र होइन, दिउँसो वा साँझ पनि कफी नभई हुन्न । वैज्ञानिकहरूका अनुसार दिउँसो वा साँझको कफीले भने सर्काडियन लय र मेलाटोनिन जस्ता हर्मोनको स्तरमा बाधा पुग्ने सम्भावना छ । यसले शरीर सुन्निने र रक्तचापजस्ता मुटुसँग सम्बन्धित रोग लाग्ने  उनीहरूको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.