सामुदायिक विद्यालयमा जाडो बिदा
महोत्तरी : अत्यधिक चिसोको कारण जनजीवन प्रभावित भएपछि महोत्तरीका सामुदायिक विद्यालयहरूमा जाडो बिदा दिइएको छ। पछिल्लो समयमा आएर शीतलहर अनि अत्यधिक चिसोपनको कारण प्रभावित भएपछि यहाँका सामुदायिक विद्यालयमा जाडो बिदाको बन्दोबस्त गरिएको हो।
गौशाला नगरपालिकाभरिका विद्यालयहरू अब माघ २ गतेका दिन खुल्ने भएको छ। यस प्रतिकूल मौसमका समयमा बालबालिकाहरूलाई विशेष रूपमा सतर्कता अपनाउनका लागि गौशाला नगरपालिका मेयर दिपेन्द्र महतोले आग्रह गरेका छन्। अत्यधिक चिसोपनको प्रत्यक्ष असर बालबालिका, वृद्धवृद्धा तथा रोगीहरूमा पर्न गएकाले यसतर्फ ध्यान दिनका लागि मेयर महतोले सबैमा आग्रह गरेका छन्।