११ माघ २०८१, शुक्रबार

विद्यालय तहका विद्यार्थीलाई खुला प्रश्न पनि सोध्ने तयारी

3

विद्यालय तहका विद्यार्थीलाई खुला प्रश्न पनि सोध्ने तयारी गरिएको छ ।पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठका अनुसार खुला प्रश्न राख्ने विषयमा छलफल भइरहेको छ । यसका लागि पाठ्यक्रम र मूल्याङ्कन मापदण्ड बनाउने तयारी केन्द्रले गरेको छ ।

‘तीन घण्टाको परीक्षा मात्र पूर्ण होइन । विद्यार्थीलाई खुला प्रश्न सोध्ने विषयमा गृहकार्य गरिरहेका छौँ,’ उनले भने, ‘विद्यार्थीलाई किताबी ज्ञान मात्र होइन अतिरिक्त क्षमताको विकास गर्न खोजिएको हो । खुला प्रश्नमा एउटै उत्तर दिनुपर्छ भन्ने छैन । विद्यार्थीले आफूलाई लागेको तर्क राख्न सक्छन् ।’

Leave A Reply

Your email address will not be published.