११ माघ २०८१, शुक्रबार

अस्ट्रेलियामा अध्ययन अनुमतिपत्र लिने नेपाली विद्यार्थीको संख्यामा भारी गिरावट

7

काठमाडौं । बितेको वर्ष अस्ट्रेलियामा अध्ययन अनुमतिपत्र लिने विद्यार्थीको संख्या आधाले घटेको तथ्यांकले देखाएको छ ।

अस्ट्रेलियाले भिसामा कडाइ गरेसँगै गत वर्ष त्यहाँ जाने विद्यार्थीको संख्यामा कमी आएको अनुमान छ। आर्थिक वर्ष २०७९।८० मा वैदेशिक अध्ययनका लागि अनुमति लिएकामध्ये सर्वाधिक अष्ट्रेलियाका लागि थियो । दोस्रोमा जापान र तेस्रोमा क्यानडा थियो ।

तर आव २०८०।८१ मा सर्वाधिक नेपाली विद्यार्थीले जापानमा अध्ययनका लागि अनुमति लिएका छन्। यो वर्ष ३४ हजार ७३१ जनाले जापानका लागि अनुमति लिएका थिए। त्यस्तै, क्यानडाका लागि १५ हजार ९८२ र अस्ट्रेलियाका लागि १४ हजार ३७२ जनाले अध्ययन अनुमतिपत्र लिएका छन्।

जापानमा अध्ययनका लागि अनुमति लिने विद्यार्थीको संख्यामा उल्लेख्य वृद्धि भएको छ। आव २०८०।८१ मा वैदेशिक अध्ययनका लागि अहिलेसम्मकै धेरै अनुमतिपत्र जारी भएको छ। शिक्षा मन्त्रालयका अनुसार गत वर्ष एक लाख १२ हजार ५९३ विद्यार्थीले विदेशमा अध्ययनका लागि अनुमतिपत्र नो अब्जेक्शन लेटर लिएका छन्।

यता, अस्ट्रेलियाको संघीय सरकारले विद्यार्थी भिसा सम्बन्धि महत्वपूर्ण परिर्वतन ल्याएको छ । यसअघि सरकारले घोषणा गरेको अन्तराष्ट्रिय विद्यार्थीको बार्षिक कोटा सम्बन्धि विधेयक संसदबाट पारित हुन नसकेपछि सरकारले मिनिस्टीरियल डिरेक्शन १११ जारी गर्दै विद्यार्थी भिसा सम्बन्धि स्पष्ट निर्देशन दिएको हो ।

जस अनुसार, सरकारले तोकेको बार्षिक २ लाख ७० हजार अन्तर्राष्ट्रिय विद्यार्थीको कोटालाई कडाईका साथ लागू गरिनेछ । उक्त संख्या नबढ्ने गरि सरकारले सबै विश्वविद्यालय, क्याम्पस तथा कलेजहरुलाई आवश्यक कोटा प्रदान गरिसकेको छ । मिनिस्टीरियल डिरेक्शनमा विद्यार्थी भिसासम्बन्धि आवेदनलाई उच्च प्राथामिकता र स्टान्र्डड प्राथामिकता गरि दुई प्रकारमा छुट्टाईएको छ ।

 

Leave A Reply

Your email address will not be published.