११ माघ २०८१, शुक्रबार

त्रिवि दीक्षान्त समारोहमा १४ हजार बढी विद्यार्थी प्रत्यक्ष दिक्षित हुने

8

काठमाडौं । त्रिभुवन विश्वविद्यालको ५०औं दीक्षान्त समारोहमा १४ हजार तीन सय आठ जना विद्यार्थीले प्रत्येक्ष सहभागी जनाउने भएका छन् ।

भोलि९शनिबार० हुने समारोहमा ७४ हजार एक सय ४९ जना दिक्षीत हुने विद्यार्थी मध्य १४ हजार तीन सय आठ जनाले प्रत्यक्ष सहभागी जनाउने त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

उनले भने,‘हाम्रो ५० औं दिक्षान्त समारोह आयोजना हुँदैछ । जसमा ७४ हजार एक सय ४९ जना दिक्षीत हुने विद्यार्थी छन् । ती मध्य १४ हजार तीन सय आठ जना प्रत्यक्ष सहभागी हुँदै छन् । १८ हजार हजार अविभावक र १४ हजार विद्यार्थी सहित समारोह आयोजना हुँदैछ ।’

त्यस्तै, उनले समारोहमा मेडल प्राप्त गर्ने १७ जना मेडललिष्ट रहेको पनि जानकारी दिए । उनका अनुसार समारोह नेपाल टेलिभिजनमार्फत प्रत्येक्ष प्रसारण हुनेछ ।

Leave A Reply

Your email address will not be published.