११ माघ २०८१, शुक्रबार

पठनपाठन कसरी चलाउने ?

1


मैदान र विश्वविद्यालय एकै ठाउँमा हुँदा पठनपाठन प्रभावित हुने निष्कर्ष निकाल्दै प्रिन्सिपल कार्यालयले व्यवस्थापन गर्न नेपाल क्रिकेट संघ (क्यान) र त्रिविकै रजिस्ट्रार कार्यालयलाई पत्र पठाएको छ ।

‘क्रिकेट खेलको विरुद्ध छैनौं । खेल हुनु गौरवको कुरा हो । तर, विश्वविद्यालय भित्रै खेल हुँदा के हुन्छ ? यसको व्यवस्थापन गर्न क्यान र रजिस्ट्रार कार्यालयलाई पत्र पठाएका छौँ,’ प्रिन्सिपल राईले भने।

विश्वविद्यालय वा खेल मैदानमध्ये एउटा मात्र बनाउनुपर्ने उनको मत छ । ‘यहाँ क्रिकेट धान्ने स्थिति छैन । पठनपाठन हुने ठाउँमा लामो खेल हुँदा के हुन्छ ? कि विश्वविद्यालय यहाँबाट उठाएर मैदान मात्र बनाउनुपर्छ, नभए मैदान र विश्वविद्यालय एकैठाउँमा धान्न सकिंदैन,’ उनले भने ।

खेल प्रतियोगिता हुनु गौरवको कुरा हो । तर विश्वविद्यालयभित्र क्रिकेट रंगशाला उपयुक्त हो त ?,’ उनी प्रश्न गर्छन्। एनपीएल, आइसीसी विश्वकप, एसिया कप, महिला पुरुष दुबैको खेल हुन्छ। यसरी वर्षैभर प्रतियोगिता हुन्छ । हजारौं दर्शक हुन्छन्। पठनपाठन कसरी चलाउने ?’

Leave A Reply

Your email address will not be published.