११ माघ २०८१, शुक्रबार

सूर्य नेपाल गल्फ टुरअन्तर्गत दोस्रो प्रतियोगिता

8

काठमाडौँ —यस सिजनको सूर्य नेपाल गल्फ टुरअन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन मंगलबार तिलगंगास्थित आरएनजीसीमा सुरु हुनेछ । ७२ होलको चार दिने प्रतियोगितामा ३३ प्रोफेसनल र १२ एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको कुल पुरस्कार राशि ७ लाख ३५ हजार रुपैयाँ राशि रहेको नेपाल प्रोफेसनल गल्फर्स संघ (एनपीजीए) का महासचिव दीपक आचार्यले जानकारी गराएका छन् ।एनपीजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले प्रायोजक सूर्य नेपाललाई निरन्तर सहयोगप्रति धन्यवाद प्रतियोगितामा खेलाडीहरूको प्रभावशाली प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

 

 

Leave A Reply

Your email address will not be published.