११ माघ २०८१, शुक्रबार

तरूण दल र किसान संघको परिमार्जित विधान पारित

6


नेपाली कांग्रेसले भ्रातृ संस्था नेपाल तरूण दल र नेपाल किसान संघको परिमार्जित विधान पारित गरेको छ।

सोमबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले तरूण दल र  किसान संघको परिमार्जित विधान पारित गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

कांग्रेसले नियमित महाधिवेशन हुन नसकेका तरूण दललगायतको महाधिवेशन चैतभित्र सम्पन्न गर्न निर्देशन समितिसमेत बनाएको छ।

विधान पारित भएसँगै तोकिएको समयमा महाधिवेशन गर्ने बाटो खुलेको छ।

Leave A Reply

Your email address will not be published.