निमित्तकै भरमा त्रिविका डिन र आंगिक क्याम्पस
त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने भन्दै आठ डिन र १८ क्याम्पस प्रमुखलगायतका पदमा आवेदन माग गरेको भए पनि नियुक्तिमा कठिनाइ भएको छ, जसका कारण तीन महिनादेखि त्रिविका डिन कार्यालय तथा क्याम्पसहरू निमित्तकै भरमा चलिरहेका छन्।
उच्च शिक्षाको ७० प्रतिशत भार बोकेको त्रिविका डिनमा अन्तरवार्ता सकिएको दुई महिना बितिसक्यो। तीन÷तीनजनाको नाम सिफारिस भइसक्दा पनि त्रिवि कार्यकारी परिषद्ले अझै डिन नियुक्ति गर्न सकेको छैन।
यसले गर्दा चार महिनादेखि त्रिविका ६ वटा डिन र १८ वटा आंगिक कलेजहरू निमित्तकै भरमा चलेका छन्। यसले विश्विद्यालयका आंगिक कलेज र डिन कार्यालयले लिनुपर्ने नीतिगत निर्णय गर्न निकै कठिनाइ बन्दै गएको त्रिविका प्राध्यापक वसन्त ढकालले बताए।