कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
सत्ता साझेदार नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । आज बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई बोलाइएको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको बीआरआई फ्रेमवर्क सम्झौताबारे छलफल हुने बताइएको छ । त्यस्तै आजको बैठकमा हालै सम्पन्न स्थानीय तहको उपचुनावको समीक्षा हुने पनि बताइएको छ ।