११ माघ २०८१, शुक्रबार

लुम्बिनीले दिएको १९२ रनको विशाल लक्ष्य पूरा गर्ने एक्लो टिम बनेको छ विराटनगर किंग्स ।

2

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्ग्सले लगातार २ हार पछि तेस्रो खेलमा जित निकालेको छ। पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेट र सुदुरपश्चिम रोयल्ससँग ८७ रनले हार बेहोरेको विराटनगरले राहतको सास फेर्‍यो।
पहिलो र दोस्रो खेलमा घरेलु खेलाडी चल्न नसक्दा हारेको विराटनगर आज घरेलु खेलाडीकै प्रदर्शनले उच्च लक्ष्य पार गर्दै प्रतियोगितामा पहिलो जित हात पार्न सफल भएको छ। आजको खेलमा उत्कृष्ट खेलाडी घोषित भएपछि लोकेशले पत्रकारसँग बोल्दै भने, ‘ओपनर ब्याटरको रुपमा मैले टिमलाई राम्रो सुरुवात दिउँ भन्ने हुन्छ। आज पहिलो इनिङ्सबाट म एक्लैले खेल जिताउँछु भनि रहेको थिएँ। सबैलाई भनिरहेको थिएँ। आज हामी एक अर्कामा विश्वास गरेर खेल जित्यौं।

तेस्रो खेलमा विराटनगर किङ्ग्सले आफ्नो सुरुका २ खेलभन्दा सुधारिएको प्रदर्शन गर्‍यो। जसमा बलिङमा पनि नेपाली खेलाडले विदेशीसरह नै विकेटमा मद्दत गरे। विशेषतः आज विराटनगरको फिल्डिङ निकै राम्रो भएको महसुस खेलका दौरान गरियो। ४ वटा रन आउटले लुम्बिनीको ब्याटिङलाई धेरै हदसम्म रोक्ने कोसिस गर्‍यो।

एनपीएलमा अहिलेसम्मकै धेरै रन बनाउने टिम लुम्बिनी बन्यो । र, सँगसँगै लुम्बिनीले दिएको १९२ रनको विशाल लक्ष्य पूरा गर्ने एक्लो टिम बनेको छ विराटनगर किंग्स । विराटनगर किंग्स यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेट र सदूरपश्चिक रोयल्ससँग ८७ रनले पराजित भएको थियो ।  प्रतियोगितामा लुम्बिनीले पनि पहिलो खेलमै हार ब्यहोरेको छ ।

विराटनगर किंग्सका लागि ओपनर लोकेश बमले सर्वाधिक ७१ रनको योगदान दिए । ४७ बल खेलेका लोकेशले ६ छक्का र ३ चौका प्रहार गरे ।

Leave A Reply

Your email address will not be published.