११ माघ २०८१, शुक्रबार

श्वासप्रश्वासका गम्भीर समस्याको उपचारमा ५० वर्षपछि नयाँ विकल्प पत्ता लागेको छ।

2

दम र क्रोनिक अब्स्ट्रक्टिव पल्मनरी डिजिज (सिओपिडी) जस्ता श्वासप्रश्वासका गम्भीर समस्याको उपचारमा ५० वर्षपछि नयाँ विकल्प पत्ता लागेको छ।

किङ्ग्स कलेज लण्डनका वैज्ञानिकहरूले गरेको परीक्षणमा बेन्रालीजुमाब भन्ने मोनोक्लोनल एन्टीबडी हाल प्रयोग हुँदै आएको स्टेरोएडभन्दा ३० प्रतिशत बढी प्रभावकारी पाइएको छ।

प्रयोगशालामा बनाइएको कुनै एक एन्टीबडीको क्लोनलाई मोनोक्लोनल एन्टीबडी भनिन्छ। लान्सेट रेस्पिरेटोरी मेडिसिन जर्नलमा गत हप्ता सो औषधीको परीक्षण सम्बन्धी प्रतिवेदन छापिए पछि श्वास-प्रश्वास सम्बन्धी रोगका विशेषज्ञले यसलाई गेम-चेन्जर ठानेको भनेर विभिन्न विदेशी मिडियाले लेखेका छन्।

गम्भीर खालको दमको समस्यामा बेन्रालीजुमाब कम मात्रामा दिइँदै आएको छ। परीक्षणले गार्‍हो परेको बेला बढी मात्रामा एक पटक मात्रै दिए पनि यसले प्रभावकारी काम गर्ने देखाएको छ।

हाल गाह्रो परेको बेला इन्हेलरले काम गरेन भने स्टेरोएडमात्रै दिने गरिएको छ।

करिब ५० वर्ष अघि देखि यस्तो गाह्रो परेका बिरामीलाई स्टेरोएड दिइने एक मात्रै विकल्प थियो। बेन्रालीजुमाबले फोक्सो सुनिने वा त्यसलाई खराब पार्ने इसिनोफिल भनिने सेतो रक्तकोषिकालाई निशाना बनाउँछ।

Leave A Reply

Your email address will not be published.