१७ मंसिर २०८१, सोमबार

जनकपुर बोल्ट्सले पहिलो खेलमा विराटनगरलाई ८ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

1

काठमाडौं : नेपाली क्रिकेटमा केही फरक स्वाद ल्याउने काम हालः नेपाल प्रिमियर लिग (एनपीएल)ले गरेको छ। शनिबार टियु क्रिकेट मैदानमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सबीचको खेलले तताएको माहोल निकै आकर्षक थियो।

जनकपुर बोल्ट्सले पहिलो खेलमा विराटनगरलाई ८ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। अनिल कुमार शाहको नेतृत्वमा रहेको जनकपुरलाई आजको जितले थप हौसला बढाएको छ। ‘सबै टिमले पहिलो जितको आश गर्छ। पहिलो खेलबाट नै अंक जोड्न पाउँदा राम्रो लागिरहेको छ। सबै टिमहरू उत्तिकै टफ (बलियो) छ। त्यसैले हामीलाई यो जितले निकै मद्धत गर्नेछ,’ खेलपछिको पत्रकार सम्मेलनमा उनले भने।

पहिलो इनिङ्समा विराटनगरलाई १२७ मा प्याक गर्न जनकपुरका बलरले राम्रो प्रदर्शन गरे। विशेषतः ललित राजवंशी र किशोर महतोको प्रदर्शनमा हर्ष थाकरको पनि महत्त्वपूर्ण स्पेल रह्यो। जसका बारेमा अनिल भन्छन्, ‘हामीले योजना बनाएका थियौं। बलरहरूले राम्रो गर्‍यो। बलरहरूलाई स्वतन्त्र भएर खेल्ने छुट थियो। योजना हामी सरल राखेका थियौं। योजना सफल भयो।’

यो एनपीएलमा विश्वकै उत्कृष्ट खेलाडी न्युजिल्याण्डका मार्टिन गप्टिल, भारतका शिखर धमन, न्युजिल्याण्डका जिमि निसम, श्रीलंकाका लाहिरु मिलन्था जस्ता विदेशी खेलाडीको सहभागिताले दर्शकको मात्र होइन विश्वकै ध्यान तानेको छ ।

एनपीएलको पहिलो खेलमै जनकपुर बोल्टले जीत हात पार्दा जनकपुरका समर्थक निकै खुशी देखिए । खेल गुमाएका बिराटनर किंङ्सका समर्थक पनि आफ्नो टिमको खेलप्रति उत्साही नै थिए । उनीहरु आफ्नो टिमले अर्को खेलमा राम्रो खेल्ने विश्वासका साथ मैदानबाट बाहिरिए ।

Leave A Reply

Your email address will not be published.