१७ मंसिर २०८१, सोमबार

दिवङ्गत पितृका नाममा अखण्ड दीप प्रज्वलन

2

काठमाडौँ – हरेक वर्ष मंसिर (मार्गशीर्ष) महिनाको कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाइन्छ। यस वर्ष पनि मंसिर कृष्ण त्रयोदशीका दिन बेलुकाबाट देशभरका विभिन्न शिव मन्दिरहरुमा आज शुक्रबार दीप प्रज्वलन गरिएको छ।

त्रयोदशीको दिन बेलुकादेखि दिवङ्गत पितृका नाममा अखण्ड दीप प्रज्वलन गरी भक्तजनहरु पशुपतिनाथको मन्दिरलगायत देशभरका विभिन्न शिवालयहरुमा बसेका छन्।

भक्तजनले बालाचतुर्दशीका दिन पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने प्रचलन रहेको छ।यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुने विश्वास रहेको छ।

Leave A Reply

Your email address will not be published.