१७ मंसिर २०८१, सोमबार

अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाले सामाजिक सञ्जाल चलाउन नपाउने, संसदले पारित गर्‍यो विधेयक

1

अस्ट्रेलियाका सांसदहरूले फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता सामाजिक सञ्जालहरूमा विश्वको सबैभन्दा कडा नियन्त्रणमध्ये एकलाई बिहीबार अनुमोदन गरेका छन् । उनीहरूले १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने ऐतिहासिक नियमहरू पारित गरेका छन् ।

विधेयकलाई संसदले पारित गरेको छ र सामाजिक सञ्जाल कम्पनीहरूले चाँडै युवा किशोरहरूलाई खाता खोल्नबाट रोक्न ‘उचित कदम’ चाल्ने अपेक्षा गरिएको छ । ऐनको पालना नगरे पाँच करोड अस्ट्रेलियन डलरसम्म जरिबाना तिर्नुपर्ने व्यवस्था गरिएको छ । यसलाई कम्पनीहरूले ऐनलाई ‘अस्पष्ट’, ‘समस्याग्रस्त’ र ‘हतार’ भनेर वर्णन गरेका छन् ।

विधेयक बुधबार संसद्को तल्लो सदनबाट र बिहीबार साँझ सिनेटबाट पारित भएको छ । अब यो कानुन बनेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजले उत्साहपूर्वक नयाँ नियमहरूको समर्थन गरेका छन् ।यसको विस्तृत नियम तयार हुन र प्रतिबन्ध लागू हुन कम्तीमा १२ महिना लाग्ने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.