प्रचारका निम्ति दिइएको समय सकिँदैछ, अब मौन अवधि शुरु हुन्छ
स्थानीय तहमा रिक्त पदका निम्ति १६ मंसिरमा हुने उपनिर्वाचनका लागि आज मध्यरातबाट मौन अवधि सुरु हुँदैछ ।
गत २ मंसिरमा उम्मेदवारी दर्ता गरेकाहरूलाई आज रातिसम्म प्रचार गर्ने समय दिइएको थियो । त्यो अवधिमा उम्मेदवारी फिर्ता लिने अवसर समेत दिइयो । आयोगले दिएको सुविधा उपयोग गरी ५ मंसिरमा ३१ जनाले उम्मेदवारी फिर्ता गरे ।उम्मेदवारी फिर्तापछि ३ पदमा निर्विरोध भएकाले बाँकी ४१ पदका निम्ति ३७६ जना मैदानमा छन् । राजनीतिक दल र स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाहरु आज रातिसम्म प्रचारप्रसारमा खटिनेछन् ।
‘प्रचारका निम्ति दिइएको समय सकिँदैछ, अब मौन अवधि शुरु हुन्छ,’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, ‘मौन अवधि र मतदान प्रक्रियालाई शान्तिपूर्ण बनाउन सबै पक्षसँग आग्रह गर्छु ।’