१७ मंसिर २०८१, सोमबार

हामी इमान्दारितापूर्वक यो सरकारलाई तीन वर्ष लिएर जान चाहन्छौं ।

4

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिहीबार कीर्तिपुरको उपनिर्वाचनमा चुनावी सभालाई सम्बोधन गर्दै l

‘हाम्रो दुश्मन कोही पनि छैन । न प्रचण्ड हाम्रो दुश्मन न त केपी ओली हाम्रो दुश्मन हो । हामी अहिले केपी ओलीसँगै सरकारमा छौँ । हामी इमान्दारितापूर्वक यो सरकारलाई तीन वर्ष लिएर जान चाहन्छौं । किनकी हामी सरकार तलमाथि गर्ने काम गर्न चाहँदैनौँ । हामी परिणाम दिन चाहन्छौँ । अहिले भर्खर प्रचण्डलेमाथि आएर बोलेर जानुभएछ । प्रचण्डले भर्खर भनेर जानुभयो । यो-यो कारणले गर्दा सरकार बदलियो । नेपाली कांग्रेस अहिले पनि संसदको सबैभन्दा ठूलो पार्टी हो । अहिले पनि प्रचण्डले हप्तामा एक पटक कांग्रेसलाई खबर पठाउनु हुन्छ, लौ न प्रधानमन्त्री बनिदिनुपर्‍यो । यो खबर पठाउने काम पहिला अर्कैले गर्दथ्यो । कांग्रेस संसदको सबैभन्दा ठूलो पार्टी हो अहिले पनि । उपद्रो गर्ने हो, चलखेल गर्ने हो भने सरकार तलदेखि माथि लैजाने संख्या कांग्रेससँग छ । प्रधानमन्त्री बन्न नसक्ने भएर हामीले प्रचण्ड र ओलीलाई प्रधानमन्त्री मानेका होइनौँ । यो बेलामा देशलाई स्थिर सरकार दिनेकुरा महत्वपूर्ण हो ।’ महामन्त्री थापाले सबै एक भएर बेरोजगारी, गरिबीको विरुद्धमा लड्न आवश्यक रहेको बताए ।

Leave A Reply

Your email address will not be published.