इङ्लिस क्लब लिभरपुलले स्पेनिस क्लब रियल मड्रिडलाई पराजित गरेको छ ।
यूईएफए च्याम्पियन्स लिगमा इङ्लिस क्लब लिभरपुलले स्पेनिस क्लब रियल मड्रिडलाई पराजित गरेको छ । गए राति भएको खेलमा लिभरपुल २-० ले विजयी भएको हो ।
खेलको ५२औँ मिनेटमा लिभरपुलका एलेक्सिस मक एलिस्टरले गोल गर्दै रियल मड्रिडविरुद्ध अग्रता दिलाए । त्यस्तै ७६औँ मिनेटमा कोडी गाक्पोले लिभरपुरका लागि अर्को गोल गरे । रियल मड्रिडले गोल गर्न नसकेपछि लिभरपुल २-० ले विजयी भएको हो ।