४ फाल्गुन २०८१, आईतवार

सूर्यको किरणबाट भिटामिन डी लिने सही समय कुन हो ?

2

हाम्रो शरीरलाई राम्ररी काम गर्न निकै धेरै भिटामिन र खनिजहरू चाहिन्छ । हाम्रो शरीरका लागि नभई नहुने भिटामिनमध्ये एक भिटामिन डी हो । यो भिटामिन प्राकृतिक रूपमा सूर्यको किरणबाट प्राप्त हुन्छ । तर जाडोमा हामीले टन्नै लुगा लगाएर बस्ने भएकोले शरीरले पर्याप्त भिटामिन डी पाउन सक्दैन र यसको कमी हुन्छ । भिटामिन डी हाम्रो शरीरको लागि आवश्यक पोषक तत्त्व हो । यसले हड्डीलाई बलियो बनाउन, प्रतिरक्षा प्रणालीलाई मजबुत पार्छ र क्याल्सियमको अवशोषणमा पनि मद्दत गर्छ ।

वैज्ञानिक अध्ययनका अनुसार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मको घाममा भिटामिन डीको उत्पादन सबैभन्दा बढी हुन्छ । यस समयमा, सूर्यको किरणहरू सिधा हुन्छन्, जसका कारण यूभीबी किरणहरूले छालामा बढी प्रभाव पार्छ ।

यस बाहेक पनि तपाईले आफ्ना खानमा भिटामिन डी युक्त यी खानेकुराहरू समावेश गर्न पनि सक्नु हुन्छ ।

–माछा (साल्मन, टुना)

–अण्डाको पहेंलो हिस्सा

–च्याउ

–डाक्टरको सल्लाहमा भिटामिन डी चक्की वा क्याप्सुलको सेवन पनि यसको एउटा विकल्प हुन सक्छ ।

सूर्यको किरण भिटामिन डी प्राप्त गर्ने सबैभन्दा प्राकृतिक र प्रभावकारी स्रोत हो । सही समयमा सूर्यको किरणको सम्पर्कले तपाईँको हड्डीलाई त बलियो बनाउँछ नै प्रतिरक्षा प्रणालीमा पनि सुधार गर्दछ । तपाईँलाई पनि आफूमा भिटामिन डीको कमीको लक्षणहरू महसुस गरिरहनु भएको छ भने तुरुन्तै डाक्टरसँग परामर्श लिनुहोस् अनि आफ्नो आहार र जीवनशैली सुधार गर्नुहोस् ।

 

 

Leave A Reply

Your email address will not be published.

toto slot xx1toto slot toto slot gacor Bandar Togel Bandar Togel slot toto toto slot toto slot slot dana xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto Bandar Slot Gacor Situs Toto Slot Situs Slot Toto xx1toto