सरकारले खुलायो दुई अर्ब रूपैयाँको नागरिक बचतपत्र
सरकारले नागरिक बचतपत्र २०८६ (क) निस्कासन गर्ने गरेको छ।
बुधबार सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दुई अर्ब रूपैयाँ बराबरको बचतपत्र बिक्रीका लागि आह्वान गरेको हो।
यस बचतपत्रमा नागरिकले ७.५ प्रतिशत वार्षिक ब्याजदर प्रस्ताव गरिएको छ। इच्छुक नेपाली नागरिकले यस बचतपत्रलाई १३ मंसिरदेखि १४ पुससम्म आवेदन दिन सक्ने उल्लेख गरिएको छ।
नागरिक बचतपत्रको प्रमुख विशेषता भनेको ६ महिनामा ब्याज भुक्तानी हुने र यसलाई धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने, साथै दोस्रो बजारमा कारोबार गर्ने विकल्प उपलब्ध हुनु हो।
यस बचतपत्रको निस्कासन मिति पुस १६ र परिपक्क हुने अवधि अर्थात् फिर्ता पाउने समय पाँच वर्ष रहनेछ।