१७ मंसिर २०८१, सोमबार

चिसो बढ्दै, डेंगु संक्रमण घट्दै

1

डेंगु संक्रमणको उकालो ग्राफ चिसो बढ्न थालेसँगै ओरालो लागेको छ। यस वर्ष ७६ जिल्लामा संक्रमण फैलाउँदै १३ जनाको ज्यान लिएको डेंगु संक्रमण घट्दै गएको छ।

वर्षात्को बेला डेंगु संक्रमण दर उकालो लागेकोमा जाडो मौसम आएसँगै संक्रमण दर घटेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार अहिले डेंगु संक्रमण ह्वात्तै घटेको छ। ‘जाडो सुरु भएसँगै डेंगु संक्रमणको जोखिम घट्दै छ,’ डा. बुढाथोकी भन्छन्, ‘वर्षा लाग्यो कि डेंगु संक्रमणको डर बढ्छ । असार महिनादेखि संक्रमण बढ्दै गई भदौ, असोजमा उच्च हुने प्रवृत्ति देखिएको छ।’

Leave A Reply

Your email address will not be published.