लेबनान र इजरायल युद्धबिराम सम्झौताको नजिक पुगेका छन् ।
लेबनान र इजरायल युद्धबिराम सम्झौताको नजिक पुगेका छन् । बीबीसीका अनुसार इजरायली तथा अमेरिकी अधिकारीहरूले युद्धबिराम सम्झौताको नजिक पुगेको प्रतिक्रिया दिएका हुन् ।
यसबारे आज बस्ने इजरायली मन्त्रिपरिषद्को बैठकमा छलफल हुने पनि बीबीसीले जनाएको छ । इजरायल र लेबनानमा रहेका इरानसमर्थित शिया हतियारबन्द हिजबुल्लाहसँगको लडाइँ समाप्त गर्न ६० दिनको लागि युद्धबिरामो प्रस्ताव हुन सक्ने समाचारमा उल्लेख छ ।
यसमा, दक्षिण लेबनानबाट इजरायली सेनाको फिर्ती तथा हिजबुल्लाको उपस्थिति समाप्त पार्ने विषय पनि समावेश हुने विषय समेटिने छ ।
अमेरिकाका नेशनल सेक्युरिटी काउन्सिलका प्रवक्ता जोन किर्बीले भनेका छन्, ‘युद्धबिरामको नजिकको बिन्दुमा हामी पुगेका छौँ ।’ आइतबार मात्रै हिजबुल्लाहले इजरायलमा २५० रकेट प्रहार गरेलगत्तै यो विषय बाहिरिएको हो ।