१७ मंसिर २०८१, सोमबार

उमेश श्रेष्ठलाई मनोनीत गरे कांग्रेसको आर्थिक स्रोत जुटाउने जिम्मा

2


९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिले तीन वर्षपछि आइतबारदेखि पदाधिकारीमा पूर्णता पाएको छ । यद्यपी, केन्द्रीय समितिले अझै पूर्णता पाइसकेको छैन । २०७८ मंसिरमा भएको महाधिवेशनबाट १३ जना पदाधिकारी निर्वाचित भएका थिए । कोषाध्यक्ष पद सभापतिले मनोनीत गर्ने व्यवस्था अनुसार पदाधिकारीमा एक पद रिक्त थियो ।

पार्टी विधान अनुसार सभापतिले ६ महिनाभित्र कोषाध्यक्ष मनोनीत गर्ने व्यवस्था छ । सभापति शेरबहादुर देउवाले महाधिवेशन सकिएको तीन वर्ष पुग्नै लाग्दा आइतबार केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई कोषाध्यक्ष बनाएका छन् । १४ औं महाधिवेशनमा पहिलोपटक केन्द्रीय सदस्य निर्वाचित श्रेष्ठलाई देउवाले पार्टीको शीर्ष संरचना पदाधिकारी तहमा पु¥याएका हुन् । अब, पार्टीका निम्ति आवश्यक आर्थिक स्रोत साधनको व्यवस्था गर्ने दायित्व श्रेष्ठको जिम्मेवारीमा आएको छ ।

 

Leave A Reply

Your email address will not be published.