१७ मंसिर २०८१, सोमबार

अमेरिकी राष्ट्रपतीय चुनावको अन्तिम नतिजा कहिलेसम्म आउला?

2


विश्वको ध्यान तानिरहेको संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको चुनावका लागि मतदान भइरहेको छ।
चुनावमा डेमोक्र्याट कमला ह्यारिस र रिपब्लिकन डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

एसोसिएटेट प्रेसका अनुसार सोमबारसम्म लगभग ८२ मिलियन मानिसहरूले प्रारम्भिक मतदान प्रक्रियामा भाग लिइसकेका छन्।

मंगलबारको मतदानपछि मतदान बन्द हुनेछ। तर, सबैको चासो छ- मतदानको नतिजा कहिले आउला?  अमेरिकाको पूर्वी समय अनुसार मंगलबार राति ८ बजे (नेपाली समयअनुसार बुधबार बिहान ६:४५ बजे) पहिलो मतदान सकिएपछि परिणाम आउन सुरु हुने अपेक्षा गरिएको छ l

बहुमत प्राप्त उम्मेदवारको नाम भोटिङको दिन ढिलो वा भोलिपल्ट घोषणा हुनसक्ने बीबीसीले अनुमान गरेको छ। तर अन्तिम नतिजाका लागि केही ढिलो पनि हुनसक्ने बीबीसीले अनुमान गरेको छ।

पुनः गणना हुने परिस्थिति सृजना भएको खण्डमा अन्तिम नतिजाका लागि पर्खनु पर्ने बताइन्छ। नतिजा ढिलो सार्वजनिक नहुने परिस्थितिमा कानुनी चुनौतीहरू पनि कारण बन्न सक्छन्।

रिपब्लिकनहरूले एकसय भन्दा बढी पूर्व-चुनाव मुद्दा दायर गरिसकेका छन्, जसमा मतदाता योग्यता र मतदाता सूची व्यवस्थापनमा चुनौतीहरू समावेश छन्।

अन्य परिदृश्यहरूले पनि अन्तिम नतिजा प्रकाशनमा ढिलाइ निम्त्याउन सक्छ।

Leave A Reply

Your email address will not be published.