४ फाल्गुन २०८१, आईतवार

सरकारले प्रति व्यक्ति दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

4

सोमबार बसेको मन्त्रिपरिषद्‌को बैठकले भारी वर्षापछिको बाढी पहिरो र डुबानमा परी मृत्यु भएकाको परिवारलाई सरकारले प्रति व्यक्ति दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

बेपत्ता भएका व्यक्तिहरू १० दिनसम्म पनि फेला नपरे उनीहरूलाई पनि मृतकसरहको राहत दिने निर्णय भएको छ l विभिन्न अस्पतालमा उपचाररत ९२ जना घाइतेहरूको निशुल्क उपचार गर्ने निर्णय गरेको छ l

सरकारले बाढीपहिरोमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । जसअनुसार तीन दिनसम्म सबै सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा झुकाएर शोक पुस्तिकामा हस्ताक्षर गरिनेछ ।

बैठकले बाढी पहिरो पीडितहरूका लागि प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा मन्त्रीहरूको एक महिनाको पारिश्रमिक बराबरको रकम जम्मा गर्ने निर्णय गरेको छ ।

बैठकमा गृहमन्त्री रमेश लेखकले बाढीपहिरोमा परी अहिलेसम्म २०९ जनाको निधन भएकोसहित क्षतिको विवरणबारे जानकारी गराएका थिए ।

Leave A Reply

Your email address will not be published.

toto slot xx1toto slot toto slot gacor Bandar Togel Bandar Togel slot toto toto slot toto slot slot dana xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto Bandar Slot Gacor Situs Toto Slot Situs Slot Toto xx1toto