पीडितका लागि राहत उपलब्ध गराउन कांग्रेसले
नेपाली कांग्रेसले भ्रातृ र शुभेच्छुक संस्थासँग बाढी पीडितलाई राहत, उद्धार र पुर्ननिर्माणमा परिचालन हुन लागि छलफल सुरू गरेको छ ।
महामन्त्री गगन थापाको अध्यक्षतामा केन्द्रीय कार्यालयमा जारी बैठकमा सहमहामन्त्री सहभागी छन् । साथै भ्रातृ र शुभेच्छुक संस्थाका पदाधिकारी छलफलमा सहभागी भएको जानकारी गराइएको छ ।छलफलका लागि भूगर्वविद र विपत् व्यवस्थापन विज्ञलाई पनि बोलाइएको छ। कांग्रेसको आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले भ्रातृ र शुभेच्छुक संस्थालाई उद्धार, राहत र पुर्ननिर्माणमा खटिन निर्देशन दिएको थियो ।
बाढी पीडितलाई राहत र उद्धारमा पार्टी परिचालन हुने भएकाले सय दिने विशेष अभियान रोकिएको छ। पीडितका लागि राहत उपलब्ध गराउन कांग्रेसले ५० लाख सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।