२५ आश्विन २०८१, शुक्रबार

काठमाडौं उपत्यकामा बढ्दै गएको डेंगी संक्रमण

2
दुई सातादेखि काठमाडौं उपत्यकामा बढ्दै गएको डेंगी संक्रमण केही दिनयता थप बढ्दो क्रममा देखिएको अस्पतालहरूले जनाएका छन्। २० घण्टामा मात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ६० जना आकस्मिक कक्षमा डेंगी संक्रमित पुगेको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसन्धान शाखाप्रमुख डा. शेरबहादुर पुनका अनुसापालि कडा लक्षणसहित डेंगी संंक्रमित उपचारमा आइरहेका छन्। उनका अनुसार उनीहरूमा कडा ज्वरो, जोर्नी दुखाइ, आँखाको गेडी दुख्ने र शरीर मांशपेशी दुख्ने समस्याले असह्य भएपछि उपचारमा आइपुगेका छन्। ‘यसअघि सामान्य लक्षणका बिरामी आउँथे, अहिले धेरै र कडा लक्षण भएका बिरामी आइरहेका छन्,’ उनले भने।

कात्तिकसम्म यसको मौसमी अनुकूल समय भएकाले लामखुट्टेको वृद्धि रोक्न स्थानीय निकाय थप सक्रिय हुनुपर्ने l ‘काठमाडौं महानगरले यो विषयमा छलफल पनि गरिसकेको छ, संक्रमण बढेका ठाउँका स्थानीय निकायहरूले लामखुट्टेको वासस्थान खोजेर नष्ट गर्ने काम थप तीन साता सक्रिय हुनुपर्छ l

Leave A Reply

Your email address will not be published.